९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

नाइजेरियामा एकै परिवारका १६ जनाको हत्या



एजेन्सी– नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ । अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा घटना मंगलबार दिउँसो भएको उनीहरूको भनाइ छ ।

घटनास्थल चर्चित सहर मानिने जारियासँगै पर्दछ । प्रहरीले दिएको विवरणअनुसार बन्दुकधारीले उनीहरूलाई घरभित्र थुनेर गोली प्रहार गरेका थिए ।

घरभित्र रहेका आक्रमणमा परेका सबै जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकरी दिएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ११ : ०६ बजे