
लवक, टेक्सास
जन्मभूमिप्रतिको कर्तव्य स्वरुप भिजिट नेपाल २०२० र कर्मभूमिप्रतिको जिम्मेवारीको महसुस गर्दै टेक्सासको लवकमा जनगणना २०२० सम्वन्धि वृहत कार्यक्रमको आयोजना गरियो । लबक नेपाली समाज र एनआरएन अमेरिका टेक्सास च्याप्टरको आयोजित कार्यक्रममा यी दुवै कार्यक्रमको बारो चासो र चिन्ता व्यक्त गरेका छन् । कार्यक्रमको पूर्वसन्ध्यामा नेपाल सरकारले भ्रमणबर्षको प्रचारप्रसारलाई स्थगन गर्ने निर्णय गरेकोमा पूर्व्नियोजित भ्रमणबर्षको तयारीलाई जनचेतनामूलक रुपमा सन्चालन गरिएको थियो । कोरोना भाईरसको असरका कारण विदेशी प्रयटकहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहन नगरेपनि सरकारको निर्णयमा सहयोग पुर्याउदै आन्तरिक पर्यटनको प्रवद्धनमा जुट्न सरकारलाई आग्रह गरिएको थियो । परिस्थिति अनुकूल भएपछि आफनो संयन्त्र प्रयोग गरेर भ्रमण बर्षलाई सफल पार्ने कार्यमा पुन लाग्ने वताउदै यो समयलाई जनगणना कार्यक्रमलाई प्रभावकारी वनाउनुपर्ने भनाई कार्यक्रममा वक्ताहरुले राखे ।

वहस कार्यक्रममा एनआरएन अमेरिकाजका क्षेत्रिय उपसंयोजक राम पोखरेल, एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साह, नेपाल अमेरिका पत्रकार संघ, नेजाका पूर्व अध्यक्ष भोला आचार्य, टेक्सास नेपाली समाज, एनएसटीका बरिष्ठ उपाध्यक्ष राजेन्ऽ वाग्ले र लवक नेपाली समाज टेक्सासका अध्यक्ष डा प्रकाश श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रममा एनएसटीका बरिष्ठ उपाध्यक्ष राजेन्ऽ वाग्ले जनगणनासम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । यसै अवसरमा एनआरएन टेक्सास च्याप्टरको कार्यसमितिमा नियुक्त गरिएका लवक नेपाली समाजका अध्यक्ष डा श्रेष्ठलाई अध्यक्ष साहले सपथ ग्रहण गराएका थिए ।
स्थानिय संघसस्थाहरुसंगको सहकार्यमा हातेमालो गर्दै अगाडी वढ्ने केन्ऽिय अवधारणा अन्तर्गत अगाडी वढ्ने च्याप्टर अध्यक्ष अर्यालले वताए । कार्यक्रममा सहभागीहरुलाई आयोजक संस्थाका संस्थापक एवं नेपाल व्लड डोनर्स एसोसिएसनका कार्यकारी उपाध्यक्ष रेशम घर्तिले स्वागत गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य एनआरएन टेक्सास च्याप्टरका सचिव सोफिन थापाले दिएका थिए ।
स्थानिय संघसस्थाहरुसंगको सहकार्यमा हातेमालो गर्दै अगाडी वढ्ने केन्ऽिय अवधारणा अन्तर्गत अगाडी वढ्ने च्याप्टर अध्यक्ष अर्यालले वताए । कार्यक्रममा सहभागीहरुलाई आयोजक संस्थाका संस्थापक एवं नेपाल व्लड डोनर्स एसोसिएसनका कार्यकारी उपाध्यक्ष रेशम घर्तिले स्वागत गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य एनआरएन टेक्सास च्याप्टरका सचिव सोफिन थापाले दिएका थिए ।

दुइ चरणमा भएको कार्यक्रम अन्र्तगत पहिलो चरणको बहस नेजाका महासचिव किरण मरहट्टाले र साास्कृतिक कार्यक्रम टेक्सास टेक विश्व विद्यालयस्थित नेपाली विद्यार्थीहरुको संगठन एनएसएका अध्यक्ष प्रभाकर खड्का र मिस नेपाल अमेरिकाका फ्रस्ट रनरअप पोसा जिटीले सन्चालन गरेका थिए । टेक्सासको पश्चिमी भूभागमा पर्ने लवक शहरमा ३ सयको हाराहारीमा नेपालीहरु रहेका छन् । संख्यात्मक हिसावले सानो देखिएपनि यहाका नेपालीहरुले उदाहरणीय काम गरेको वताउदै आयोजक संस्था मध्येकै लवक नेपाली समाजका पूर्व अध्यक्ष माधव पाण्डेले सस्थाले अमेरिकादेखी नेपालसम्म गरेका सामाजिक कार्यक्रमको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा गएको भूकम्पदेखी, खानेपानी, विद्यालय निर्माण लगायतका क्षेत्रमा संस्थाले आर्थिक सहयोग गरेको उल्लेख गरेका थिए ।
नेपालको भाषा संस्कृति जोगाउने उद्देश्यले बर्षनी नेपाली भाषा कक्षा सन्चालन गरिरहेको र सामुदायिक भवनको लागि जग्गा पनि खरिद गरिसकेको लवक नेपाली समाजका अध्यक्ष डा श्रेष्ठले जानकारी दिएका थिए । एकदर्जन व्यक्तिहरु मिलेर खरिद गरिएको जग्गामध्येबाट सामुदायिक भवन निर्माणस्वरुप दुई एकर जग्गा अनुदान सहयोग गर्ने औपचारिक घोषणा गरिएको थियो । कार्यक्रमका माझ पहिलो व्यक्तिको रुपमा यस समुदायमा वसोवास गरिरहेकी रत्न अधिकारीलाई समुदायको स्थापना कालदेखी निरन्तर सहयोग गरेकोमा सम्मान गरिएको थियो । विदेशी नागरिकसग विवाह गरेकी अधिकारीले आफना सन्ततीहरुलाई कला,भाषा संस्कृतिमार्फत नेपालसंग जोडेको र आर्थिक सामाजिक हिसावले नेपाली समुदायको हितमा योगदान गरेकोमा उक्त सम्मान गरिएको थियो । उनलाई लवक नेपाली समाजका अध्यक्ष श्रेष्ठ र एनआरएन अमेरिकाका अध्यक्ष साहले कदर पत्र हस्तान्तरण गरेका थिए । समाजकै अर्का सदस्य प्रमोद घिमिरेले नेपाली भाषा साहित्य कला संस्कृतिको संरक्षण एवं प्रवद्धनका लागि वालवालिकालाई लक्षित गर्ने उद्देश्यले दुईबर्षका लागि एक हजार अमेरिकी डलर संस्थालाई प्रदान गरेका थिए ।
कार्यक्रममा १० बर्षिया बालकलाकार लोकश्री आचार्यको श्वरमा हालै रेकर्ड गरिएको ‘ माया किन लाग्छ’ वोलको गीत सार्वजनिक गरेका थिए । गएको जुलाईमा नेपाल भ्रमणको क्रममा रेकर्ड गरिएको यो गीत मानवता र सेवाभावले ओतप्रोत छ । युवा संगीतकर्मी दिपक शर्माद्धारा लेखिएको यो गीतमार्फत लोकश्रीले नेपाली सांगितिक क्षेत्रमा प्रवेश गरेकीछिन । यो गीत यसअघि युटुवमा सार्वजानिक भैसकेको छ । नेपालमा जन्मेर दुईबर्षदेखि आफना बुबाआमाका साथ अमेरिकाको लबकमा वसिरहेकी लोकश्री लेगेसी स्कुलमा अध्ययनरत छन ।
फोटो: रोशन थापा