३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

कोरोना संक्रमित बढ्न थालेपछि न्युयोर्कमा संकटकाल घोषणा


Ang

२५ फाल्गुन २०७६, आइतबार  

0
Shares

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण न्युयोर्कमा फैलन थालेपछि गभर्नर एन्ड्रु कुमोले न्युयोर्क राज्यलाई शनिबार संकटकाल घोषणा गरेको छ । न्युयोर्कमा एक जना वकिल र त्यसपछि शुक्रबार एक ट्याक्सी  चालक संक्रमित भएपछि कोरोना भाइरसबाट संक्रमितको संख्या ७६ जना पुगेको सरकारी अधिकारीले जनाएको छ ।

न्युयोर्क क्विन्समा एक टेक्सी चालकलाई शुक्रबार चिकित्सकहरुले जाँच गर्दा कोरोना भाइरस लागेको पत्ता लागेको थियो । उनको उपाचारमा संलग्न ४० भन्द बढि नर्स, डाक्टर र त्यहाँ कार्यरत कर्मचारीहरु पनि शंकाको घेरामा रहेको जनाइएको छ ।  ३३ वर्षीय ति ट्याक्सी चालक गत मंगलबार फ्लुको लक्षण देखेर हिंडेरै सेन्ट जोन अस्पताल रकावेमा उपचारको लागि गएका थिए । अस्पतालको उपचार पछि घर फर्केका उनको स्वास्थ्य स्थिति गम्भिर भएपछि शुक्रबार चिकित्सकहरुले उनलाई जाँच गर्दा कोरोना भाइरस संक्रमण पत्ता लागेको थियो ।

गर्भनर कुमोले सबैको हित तथा संक्रमण रोगथामका लागि स्वास्थ्य विभागलाई सहायता गरिने र र थप कर्मचारी नियुक्तीको प्रक्रिया सुरु गरिएको पत्रकार सम्मेलनमा बताए । उनले ट्वीटमार्फत दिएको जानकारी अनुसार अहिलेसम्म ५७ जना वेष्टचेष्टर काउन्टीमा, ११ जना न्युयोर्कमा, ४ जना नासु काउन्टीमा, २ जना रकल्याण्ड काउन्टीमा र २ जना सारातोगा काउन्टीमा कोरोना भाइरसको संक्रमित भेटिएका छन् ।

गत डिसेम्बर महिनामा चीनबाट शुरु भएको यो भाइरसले विश्वभरिका करिब एक लाख ५ हजार ९ सय संक्रमित भइसकेका छन । जसमा ३ हजार ५ सय ७९ जनाको मृत्यु भइसकेको छ भने ५८ हजार ६ सय २७ जना निको भएर फर्केका छन् । अमेरिकामा हालसम्म ५ हजार जनाको जाँच गरिएको र १९ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ४ : ०८ बजे