न्युयाेर्क- न्युयोर्कको नेपाली समुदायमा लामो समयदेखि भिडियोग्राफरको रुपमा कार्य गदै आएका शम्भु मोक्तानले आफु कोरोना भाइरसको संक्रमण भई उपाचार गराइरहेको फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनको स्वस्थ्य अवस्था सुधारउन्मुख भइ खतरामुक्त भएको अस्पतालले जानकारी दिएको उनकी श्रीमति नन्दु तामाङले बताइन् । ‘श्रीमानसँग फोनमा गरेको वार्ता अनुसार उहाको स्वस्थ्य अवस्था सुधार भई चाडै घर पठाउने तयारीमा रहेका छन्’ उनले एभरेष्टटाइम्स भनिन् ।
उनी लङआइल्याण्डस्थित जोयस अस्पतालमा एक हप्ता देखि आइसियुमा उपाचार गरिरहेका छन । उनले आफु संक्रमति भई उपचार गराईरहेकोले कोही पनि बाहिर ननिस्कन सवैलाई सुझाव समेत दिएका छन् ।
त्यस्तै सुदुरपश्चिम समाजका महासचिव तथा होटल व्यवसायी जीवन बमले पनि आफु कोरोना संक्रमित भई उपाचार गराइरहेको जन सम्पर्क समितिको अध्यक्ष आनन्द विष्टलाई जानकारी दिएका थिए ।
उनी १२ दिन अघि घरमा ज्वार आएपछि उपचारका लागि लङआइल्याण्डस्थित माउन्ट सेनाई अस्पतालमा भर्ना भइ उपाचार गरिरहेको जानकारी दिएका छन् । उनले उपचारको क्रममा आफ्नो स्वस्थ्यस्थिति सुधार हुँदै आएको जानकारी दिएका थिए ।