२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

अमेरिकामा एकै दिन हजारको मृत्यु, संक्रमितको संख्या विश्वभर झण्डै दश लाख



काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या एकै दिन हजार नाघेको छ । अमेरिकी पत्रिका यूएसए टुडेका अनुसारबुधबार एक हजार ४० जनाको मृत्यु भएको हो । 

उक्त पत्रिकाअनुसार योसहित हालसम्म अमेरिकाभरीमा भायरसबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय १६ पुगेको छ । न्युयोर्कमामात्रै झण्डै दुई हजारको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट विश्वभर ९ लाख ३५ हजार मानिस संक्रमित भएका छन् । त्यस मध्ये ४७ हजारकाे मृ्त्यु भएको छ । जोहन्सहप्किन्स विश्विवद्यालयले स‌कलन गरेको तथ्यांक अनुसार हालसम्म एक लाख ९७ हजार ७ सय निको भएर घर फर्किएका छन् । 

बिहीबार विहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै रहेको छ । अमेरिकामा २ लाख १५ हजार, चीनमा ८२ हजार, इटलीमा एक लाख १० हजार, स्पेनमा एक लाख चार हजार, जर्मनीमा ७७ हजार, फ्रान्समा ५७ हजार, इरानमा४७ र यूकेमा २९ हजार संक्रमिम रहेका छन् । भारतमा करिव  दुई हजारमा देखिएको छ भने नेपालमा हालसम्म पाँच जना संक्रमितभेटिएका छन् ।

त्यस्तै  इटलीमा सबैभन्दा धेरै १३ हजार १ सय ५५ जनाको मृत्यु भएको छ । दोस्रोमा स्पेनमा ९ हजार ३ सय ८७, फ्रान्समा ४ हजार३२ मृत्यु भएको छ । त्यसैगरी यूएसए टुडेका अनुसार अमेरिकामा ५ हजार १ सय १६ जना हालसम्म मृत्यु भएको छ । 

संक्रमित र मृत्यु मात्र होइन निको हुनेको पनि संख्या रहेको  छ । हालसम्म चीनमा ७६ हजार, ४ सय स्पेनमा ४६ हजार, ६ सय, जर्मनीमा १८ हजार ७ सय, इटलीमा १६ हजार ८ सय र इरानमा १४ हजार ५ सय निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ७ : १४ बजे