काठमाडौं । मुलुकमा थप एक जनामा कोभिड १९ को संक्रमण भेटिएको छ । योसहित संक्रमितको संख्या छ पुगेको छ ।
छैटौं संक्रमित पनि चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएकी थिईन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा. विकास देवकोटाका अनुसार उनी बागलुङकी हुन् ।
मन्त्रालयले छैटौं संक्रमितका बारेमा अन्य जानकारी दिएको छैन । यसअघि कतार एयरवेजको क्यूआर ६५२ नम्बरको उडानबाटनेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिइसकेको थियो ।
अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमुना परीक्षण गरिएको पनि डा. देवकोटाले जानकारी दिए ।काठमाडौंमा ४३ र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाबको नमुना परीक्षणकालागिलिएको पनि उनले जानकारी दिए ।
देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको एप्समा४हजार १ सय ९८ जनाले आफ्नो स्वास्थ्य विवरण भरेको र तीमध्ये १७ रेडमा रहेकाले उनीहरुको नमुना परीक्षण गरिने पनि उनलेजानकारीदिए ।









