कोरोना भाइरसको कारण अमेरिकामा ५ लाख २१ हजार ४ सय ५७ जना संक्रमित भएकोमा २० हजार जनाको मृत्यु भएको छ । त्यस्तै २९ हजार २ सय ६३ जना निको भएका छन । अमेरिकाको न्युयोर्कमा ६ हजार ३ सय ६७ जनाको मृत्यु भएको जनाएको छ ।
यो अमेरिकास्थित जोन हपकिन्स युनिभर्सिटिले शनिबार दिउसोसम्म राखेको तथ्याङक हो । त्यस्तै १ लाख ५२ हजार संक्रमित भएको इटालिमा १९ हजार ४ सय ६८ जना मृत्यु भएको छ भने ३२ हजार ५ सय २४ निको भएका छन ।
गत डिसेम्बरमा चीनबाट फैलिएको कोभिडले चीनको हुवेमा ८३ हजार १४ जना संक्रमित भएकोमा ३ हजार २ सय १९ जनाको मृत्युको थियो भने ७७ हजार ८ सय ७७ जना निको भइसकेको जनाएको छ ।