७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कुवेतमा २९ नेपाली कोरोना संक्रमित



काठमाडौं । कुवेतमा कोरोना भाइरसबाट थप ५ नेपाली कामदार संक्रमित भएका छन् । यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या २९ पुगेको छ ।

कुवेतकाे स्वास्थ्य मन्त्रालयबाट बुधबार सार्वजनिक रिपोर्टअनुसार क्‍वारेन्टाइनमा राखिएका नेपालीसहित एक सय ६८ जनामा पोजिटिभ देखिएको हो । सबैभन्दा बढी भारतीय कामदारलाई देखिएको छ ।

हालसम्म कुवेतमा २२ सय ४८ जनालाई काेराेना पोजिटिभ देखिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : ०५ बजे