८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

नेपाल सरकारको अलोकतान्त्रिक कार्यको प्रवासबाट विरोध र ध्यानाकर्षण 


Ang

१७ बैशाख २०७७, बुधबार  

0
Shares

विश्व कोरोना महामारीले स्तव्ध भइरहेको बेला नेपाल सरकारले जनमतको दुरुपयोग गर्दै, पटक पटक नेपालको संविधानको मर्म, भावना र आधारभूत स्तम्भमाथि गरेको निर्मम प्रहार गदै आएको भन्दै नेपाली जनसम्पर्क समिति अमेरिकाले विज्ञप्ति  मार्फत विरोध र ध्यानाकर्षण गरेको छ ।

समितिले जारी गरेको विज्ञाप्तीमा भनिएको छ ‘ सरकारले लोकतन्त्रलाई कमजोर पार्ने उदेश्यले यसबीचमा आफनो अभिष्ट पुरा गर्न, मुलुकको राजनीतिक दल विभाजन गराउने योजना बनाई, सांसद अपहरण गरेको, लज्जास्पद र अपराधिक कार्यको घोर भत्सर्ना गर्दै, अपहरण काण्डमा संलग्न दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्न समिति सरकार समक्ष जोडदार माग गर्दछ ‘ । कोभिड-१९ को कारणले संसारका विभिन्न मुलुकमा अलपत्र तथा विपत्तिमा परेका तमाम नेपालीहरूको यथाशीघ्र उद्वारको लागी विज्ञाप्ती मार्फत समितिले सरकारसंग माग गरेको छ ।

 

समितिद्धार जारी गरेको प्रेशित विज्ञप्ति

विज्ञप्ति

विश्व जगत कोभिड-१९ को महामारी(Pandemic)ले स्तव्ध भएको बेलामा कोरोनाको एपिकसेन्टर बन्दै गएको न्यूयोर्कबाट मुलुकको राजनीतिक घटनाहरुका बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुपर्दा हामीलाई दु:ख लागेको छ ।
कोभिड -१९ ले विश्वलाई आक्रान्त बनाएसंगै आम नेपाली नागरिक घरभित्र थुनिएको अवसर पारेर नेपाल सरकारले प्राप्त गरेको जनमतको दुरुपयोग गर्दै, पटक पटक नेपालको संविधानको मर्म, भावना र आधारभूत स्तम्भमाथि गरेको निर्मम प्रहार प्रति नेपाली जनसम्पर्क समिति अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेकपाको वर्तमान सरकारले लकडाउनको समय पारेर ‘राजनीतिक दल परिवर्तन र संवैधानिक परिषद’ सम्बन्धी लोकतान्त्रिक संविधानको मूलभूत मान्यता र मर्यादालाई अवमूल्यन गर्दै, ल्याउन खोजीएको दुईवटा अध्यादेशलाई नियाल्दा यो सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको स्पस्ट देखिन्छ ।

लोकतन्त्रलाई कमजोर पार्ने उदेश्यले, सरकारले यसबीचमा आफ्नो अभिष्ट पुरा गर्न, मुलुकको राजनीतिक दल विभाजन गराउने योजना बनाई, सांसद अपहरण गरेको, लज्जास्पद र अपराधिक कार्यको घोर भत्सर्ना गर्दै, अपहरण काण्डमा संलग्न दोषीहरू सबैलाई कानुन बमोजिम कारबाही गर्न समिति सरकार समक्ष जोडदार माग गर्दछ। यसका साथै कोभिड-१९ को कारणले संसारका विभिन्न मुलुकमा अलपत्र तथा विपत्तिमा परेका तमाम नेपालीहरूको यथाशीघ्र उद्वारको लागी समिति सरकारसंग माग गर्दछ ।
साथै, पछिल्लो समय सरकारले लोकतन्त्रको आधारभूत मूल्य र मान्यतालाई कुल्चिन्दै, प्रेस स्वतन्त्रता, अभिव्यत्ति स्वतन्त्रता, मानवअधिकार तथा सूचना र सञ्चार जगतमा गरेको निर्मम प्रहार प्रति गम्भीर आपत्ति जनाउदै, यस माहाविपत्तिको घडीमा नागरिकको जीवन रक्षाका लागि जिम्मेवार हुन नेपाल सरकारको ध्यानाकर्षण गराउदछौ ।

यो सरकारले यस महामारीलाई हतियार बनाइ लोकतन्त्रमाथि हस्तक्षेप गर्ने बहाना बनाउन सक्दछन्, त्यसका लागि आम लोकतन्त्रवादी नागरिकलाई थप सचेत र सतर्क हुन हार्दिक अनुरोध गर्दछौ । साथै यस किसिमको स्वेच्छारी र निरङ्कुश प्रवृति बिरूद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकजुट भई संघर्ष गर्न आह्वान गर्दै, सर्वसत्तावादी चरित्रको खिलाफमा अन्तराष्ट्रिय जगतलाई एक्यबद्धताका साथ बुलन्द आवाज उठाउन सबैमा हार्दिक अपिल गर्दछौ ।

धन्यवाद जय नेपाल !

मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका ।
अप्रिल २८, २०२०।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ११ : १५ बजे