२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

नेपाल डे परेड 2020 स्थागित


Ang

२७ बैशाख २०७७, शनिबार  

2
Shares

न्युयाेर्क । हरेक वर्ष मे महिनाको तेस्राे आईतबार न्युयोर्क सहरमा हुँदै आएको नेपाल चिनाउने विशेष कार्यक्रम ‘नेपाल डे परेड’ कार्यक्रम यस पटक कोरोना महामारिको कारणले स्थागित गरिएको आयोजकले जनाएको छ ।

नेपाल डे परेड इन्क आयोजकले जनाए अनुसार विदेशमा नेपाली संस्कृतिको विविधता र सम्पन्नता झल्काउने यो कार्यक्रम यस वर्षको लागि मे १७ का दिन तय गरिए पनि कोरोना माहमारीका कारण स्थागित गर्नु परेकाे जनाएको छ ।

 

नेपाल डे परेड सन २०१६ देखि न्युयोर्कको शहरमा नियमित रुपमा हुदै आएको छ । नेपाल डे परेड इन्कका अध्यक्ष निमा शेर्पा र महासचिव अनन्त सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत परेड स्थागित गरेको जानकारी दिएको छ ।

विज्ञप्तीमा यो महामारीमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गदै उपाचार गरिरहेकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

नेपाल डे परेड आयोजकले जारी गरेको विज्ञप्ती

प्रेस विज्ञप्ति ।                                                       मे ८ , २०२०

 

आदरणीय पत्रकार मित्रहरु

नमस्ते।

हरेक मे महिनाको तेश्रो आईतवार सम्पन्न हुने ‘नेपाल डे परेड’ कार्यक्रम डायस्पोराका नेपालीहरुको पहिचान र गौरव हो। सन् २०१६ देखि न्युयोर्क शहरमा नेपालको गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पन्न हुँदै आएको नेपाली डायस्पोराको शान र पहिचानको रुपमा स्थापित भएको ‘नेपाल डे परेड’ हामी नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एउटा ऐतिहासिक कार्यक्रम हो। नेपाली संस्कृतिको विविधता र सम्पन्नता झल्काउने यो कार्यक्रम यस वर्षको लागि मे १७ का दिन तय गरिएको थियो। तर यस वर्ष विश्व नै कोभिड-१९ को महामारीबाट संक्रमित भएको हुँदा न्युयोर्क राज्यका गभर्नर तथा न्युयोर्कका मेयरले जारी गरेको कार्यकारिणी निर्देशन अनुसार यस वर्ष ‘नेपाल डे परेड-२०२०’ आयोजना नहुने व्योहोरा डायस्पोराका सम्पूर्ण नेपालीहरुमा अवगत गराउँदछौ अर्थात् नेपाल डे परेड-२०२० स्थगित गरिएको दु:खका साथ जानकारी गराउछौ।

महामारीबाट मृत्यु भएकाहरु विशेष गरेर नेपालीहरु जसले यो महामारीबाट ज्यान गुमाउनु पर्यो उहाँहरु प्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै यो महामारीको संक्रमणको कारण उपचार गराईरहनु भएका सम्पूर्णलाई शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्दछौ। जसले संक्रमणलाई पराजय गरेर स्वास्थ्य पुन: लाभ गर्नु भएकोछ उहाँहरुलाई धेरै-धेरै बधाई ज्ञापन गर्दछौ। यो महामारीमा डायस्पोरालाई सहयोग गर्न सक्रिय रहनु भएका सम्पूर्ण अभियन्ताहरुलाई प्रशंसा गर्दै महामारीका फर्स्ट रेस्पोन्डर्सहरु प्रति हृदय देखि नै धन्यवाद व्यक्त गर्दछौ।

 

अनन्त सुवेदी                                                                             निमा शेर्पा

सदस्य-सचिव                                                                             अध्यक्ष

 

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ७ : ३९ बजे