अमेरिकामा रहेका एक बौद्धिक नेपाली समुहले बुद्ध जयन्तिको अवसर पारेर दिप प्रज्वलन सहित विश्व शान्तिको लागि प्रार्थना गरेका छन् । दिप प्रज्वलनसंगै प्रर्थना गरिरहेको उक्त दृष्य म्युजिक भिडियोमा समेटेको छ । एटलाण्टा राज्यको लागि मानार्थ पर्यटन दुत राजा घलेबाट शुरु भएको दिप प्रज्वजन न्युयोर्कस्थित सामाजिक अभिन्ता तथा पत्रकार इन्दिरा चोङबाङसम्म समेटेको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । भिडियोमा अमेरिकाको विभिन्न पेशा र क्षेत्रमा काम गर्दै आएका नेपालीहरुले ” शान्तिको कामना ” बोलको गीतसंगै दिप प्रज्वलन गरेर विश्व शान्ति र एक्यवद्धताको लागि आव्हान गरेका छन ।
बुद्ध जयन्तिको अवसरमा रिलिज भएको म्युजिक भिडियोले अहिलेको जटिल परिस्थिति र बिस्वमा आक्रान्त बनिरहेको कोरोना महामारीसंग लड्न र जित्नको लागि हामी सबैको सामुहिक शाहस र एक्यवद्धता आवस्यक छ भन्ने मूल संदेश दिएको छ । गायक राज सागर र अन्जु श्रेष्ठको स्वर रहेको यो गीतको रचना राजा घले र ज्ञानेन्द्र गदालले गरेका हुन ।
गीतको सार यस प्रकार रहेको छ ।
शान्तिको कामना
आऊ हामी सबै मिली, शान्तिको दियो जलाउ
मृत्युलाई हामी जित्नेछौं, मनको डर भगाऊा ।
एकता हाम्रो शक्ति हो, संकटलाई पर फाल्नुछ
शान्तिको सास फेर्नलाई, साहसी कदम चाल्नुछ ।