७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

काँग्रेसको महाधिवेशन फागुन ७ देखि १० सम्म



काठमाडौं नेपाली काँग्रेसले आगामी फागुन देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित पार्टीको १४ औँ महाधिवेशनको मिति कायमराख्दै समायोजन, क्रियाशील सदस्यता वितरण अधिवेशनको कार्यतालिका हेरफेर गरेको

काँग्रेसको सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समायोजन हुन बाँकी पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्नेअन्तिम अवधि आगामी साउन १० तथा नयाँ क्रियाशील सदस्यता वितरण क्रियाशील सदस्यता नवीकरण अवधि यही असार २५गतेदेखि साउन मसान्तसम्म तोक्ने निर्णय गरेको हो

यसैगरी क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशन गरी केन्द्रमा पठाउने अवधि आगामी भदौ मसान्तसम्म, जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी नवीकरणमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिनसमितिमा उजुरी दिने अवधि असोज १५ गतेसम्म उजूरीमाथि क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्नेअवधि असोजसम्म तोक्ने निर्णय गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमाउजूरी÷पुनरावेदन दिइसक्नुपर्ने अवधि कात्तिकसम्म, उजूरी÷पुनरावेदनमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले निर्णयगरिसक्नुपर्ने अवधि  मङ्सिर १५ गतेसम्म, नयाँ क्रियाशील सदस्यता क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूचीतयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई बुझाइसक्नुपर्ने अवधि मङ्सिर २५ गतेभित्र केन्द्रीय कार्यालयले केन्द्रीयसभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि मङ्सिरमसान्तभित्र तोकिएको

त्यसैगरी गाउँनगर वडा अधिवेशन पुस गते, गाउँनगरपालिका अधिवेशन पुस गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एकभन्दा बढीप्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ गते केन्द्रीय महाधिवेशन  आगामी फागुन देखि १० गतेसम्म काठमाडौंँमा गर्ने निर्णय गरिएको

बैठकले सङ्घीय संसद्मा विभिन्न महत्वपूर्ण विधेयक प्रस्ताव विचाराधीन रहेको तथ्यलाई उपेक्षा गरी संसद्को अधिवेशन अन्त्यगरिएको भनी आपत्ति जनाएको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक जीवनमा उत्पन्न द्वन्द्वसँग काँग्रेस निरपेक्षरहेको स्पष्ट पार्दै बैठकले गत निर्वाचनमा प्राप्त जनादेशबमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध रहेको जनाएको

बैठकले खेतीको मौसममा कृषकलाई तत्काल मलबीउ उपलब्ध गराउन राहत प्याकेजको व्यवस्था गर्न तथा कोभिड१९ संक्रमणकोरोकथाम तयारीका साथै बन्दाबन्दीबाट आर्थिकसामाजिक जीवनमा देखापरेको समस्या समाधानमा सरकारलाई गम्भीर बन्न आग्रहगरेको

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : ५४ बजे