न्युयोर्कमा आएको हुरिले धेरै सवारी क्षति

२०७७ श्रावण २२, बिहीबार ०१:४७

न्युयोर्कमा मगलबार दिउसो आएका ट्रोपिकल स्ट्रोम नामक हुरि र पानीले निकै क्षति पुर्‍याएको छ । मौसमविदले जारी गरेको सुचनाको आधारमा सिटिले ट्रोपिकल स्ट्रोम आउन लागेको बारेमा सवैलाई सर्तकता अनपनाउन सुझाव दिएका थिए । हुरिबतासले बाटो आसपासको रुखहरु ढलेर धेरै कारहरु किचेर क्षति भएका थिए भने बाटोमा ढलेको रुखको कारण कतिपय बाटोहरु अवरुद्ध भएका थिए ।

निकै अत्यासलाग्दो किसिमले आएको हुरिको कारण एक जना ६० बषिर्य व्यक्तिको मृत्यु भएको सुरक्षाकर्मिले जनाएको थियो । उक्त हुरिले विजुलीको तारमा समेत क्षति पुर्‍याएकोले ९८ हजार न्युयोर्कबासी विजुलीविना बस्न परेको थियो । क्षति न्युयोर्क र न्युजर्सि दुबैतिर उतिकै भएको सम्बन्धीत निकायले जनाएको छ ।

सम्बन्धित समाचार