कोभिढ नाइन्टिन कोरोना संक्रमणको कारण बेरोजगार भएका अमेरिकाबासीलाई सरकारले राहत स्वरुप प्रत्येक हप्ता ४ सय डलर दिने भएको छ । उक्त राहत दिनका लागी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेको छ । यो राहतको ७५ प्रतिशत फेडरलबाट हुनेछ भने २५ प्रतिशत स्टेटबाट दिइने जनाएको छ ।
कोभिढको कारण काममा जान नसकेर वेरोजगार भएका अमेरिकाबासीको लागी सरकारले गत मार्चबाट हप्तैपिच्छे ६ सय डलर दिदै आएको रकम गत जुलाईको अन्तिममा रोकिएको थियो । कोभिढले बेरोजगार भई जनताले दुख भोग्नु परिरहेको यो अवस्थामा निरन्तर रुपमा राहत दिनु पर्छ भन्दै प्रतिपक्षि दल डेमोक्रेटिक पाटीले ६ सय भन्द बडि रकम दिनु पर्ने प्रस्ताव गरेपनि रिपब्लिकन पाटीले यस पटक ६ सयबाट घटाएर ४ सय डलर मात्र दिने निर्णय गरेको छ ।
राष्ट्रपति ट्रम्पले विभिन्न ४ वटा कार्यकारी आदेशमा हस्तक्षर गरेका छन । जस मध्ये वेरोजगार राहत , विद्यार्थीहरुले लिएको ऋणको तिर्नु पर्ने किस्ताको समयवधीमा थप, घरभाडामा बस्नेहरुले समयमा भाडा तिर्न नसकेपनि घरधनीले निकाल्न नमिल्ने र बर्षमा १ लाख भन्दा कम आम्दानी भएकाहरुलाई ‘ पेरोल टयाक्स होलिडे’ को रुपमा यो वर्षको सेप्टेम्बरदेखि डिसेम्बरसम्मको लागी पेरोल टयाक्स स्थागित गरेको जनाएको छ ।