२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

विश्व शेर्पा संघले अक्टोबरको ७ र ८ मा विश्व शेर्पा दिवस मनाउदै



न्युयोर्क । विश्वभरिको शेर्पा संघसस्थाहरुको साझा मञ्च विश्व शेर्पा संघ (जम्बुलिङ शेर्वी छोक्पा )ले यही अक्टेबर ७ र ८ तारिखविशेष कार्यक्रमको साथ अनलाइनमार्फत विश्व  शेर्पा दिवस मनाउने भएको छ ।

संघले विश्व शेर्पा दिवसको अवसर पारेर अक्टुबर ७ तारिख शेर्पा समुदाय हिजो, आज र भोलि’ विषयक अनलाइन गोष्ठी र अक्टुबर ८तारिख विश्व शेर्पा दिवसको शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको संघका प्रबक्ता आङछिरिङ शेर्पाले जानकारी दिए । उनकाअनुसार गोष्ठीमा भाषा, धर्म, सस्कृति र शैक्षिक क्षेत्रको अवस्थाका बारेमा शेर्पा समुदायका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यपत्रप्रस्तुत गर्नेहरुमा धर्मिक विषयमा अमेरिकाबाट आचार्य ङवाङ सांगे शेर्पा, शिक्षा विषयमा डा ल्हाक्पा शेर्पा– काठमाडौ, आर्थिक एवंसामाजिक विषयमा डा ल्हाक्पानुर्बु शेर्पा र भाषा विषयमा सिक्किम भारतबाट दावा शेर्पा रहेका छन् ।

उक्त कार्यपत्रमाथि टिप्पानीकर्ताको रुपमा काठमाडौबाट आचार्य नुर्बु शेर्पा , अमेरिकाबाट आङदावा शेर्पा र वेलायतबाट काजी शेर्पा छन्। संघले दोश्रो दिन अक्टुबर ८ तारिख विश्व शेर्पा दिवसको दिन विश्वभरिका शेर्पा संस्थाको प्रतिनिधिहरुको वीच शुभकामना आदानप्रदान कार्यक्रम गर्ने छ । यस पटकको तेस्स्रो विश्व शेर्पा दिवस नेपालको संघीय सांसद जिपछिरिङ लामा शेर्पाको प्रमुख आतिथ्यमा रसिक्किम सरकारका मन्त्री मिङमा नुर्ब शेर्पाको विशेष आतिथ्यमा हुने छ ।

सन २०१७ मा काठमाडौ सम्पन्न ३ दिने विश्व शेर्पा सम्मेलनद्धारा स्थापित विश्व शेर्पा संघले गत वर्ष सिक्किममा दोश्रो विश्व शेर्पा दिवस‘ग्लोबल शेर्पा डे’ भनेर मनाएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ११ : ०४ बजे