२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कोभिढ महामारीमा आदीवासी जनजाति महासंघ अमेरिकाद्धारा रक्तदान


Ang

१५ मंसिर २०७७, सोमबार  

0
Shares

कोभिढ १९ महामारीको वीच आदीवासी जनजाति महासंघ अमेरिका (FIPNA) ले आफ्नो १५ औं स्थापना दिवसको अवसर पारेर न्युयोर्कमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । कोभिडको यो विषम परिस्थितिमा संस्था स्थापनाको १५ औं वाषिर्कोत्सवको अवसरमा आयोजित कार्यक्रममा १ सय ९ जनाले रक्तदान गरेको आयोजक संस्थाको अध्यक्ष लोक चेम्जोङले बताए । नेपाली समुदायको तर्फबाट (FIPNA) ले न्युयोर्क ब्लड सेन्टरसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न संस्थाका प्रतिनिधिहरुले पहिलानै आफनो नाम दर्ता गरि रक्तदान गरेका थिए ।

कोभिड १९ को यो महामारिमा रक्तदान गरि मानवीय सेवा गरेको भनी वर्ल्ड ब्लड डोनर्स एसोसियसनका अध्यक्ष अर्जुन मैनालीले आयोजक संस्था (FIPNA) का अध्यक्ष लोक चेम्जोङलाई सम्मान गरेका थिए । ‘यो महामारीमा मान्छेहरु बाहिर निस्कन नसकेको बेला (FIPNA) ले नेपाली समुदायको तर्फबाट न्युयोर्कमा रक्तदान गरी महत्वपूर्ण मानवीय कार्य गरेको छ’ अध्यक्ष मैनालीले भने । उनका अनुसार न्युयोर्कमा सन् २००८ को सेप्टेम्बर यता अहिलेसम्म ७१ वटा विभिन्न नेपाली संस्थाहरुले रक्तदान गरी करिब ५ हजार युनिट रगत संकलन गरिसकेका छन् । ती रगतले १५ हजार मानिसलाई बचाउन मद्दत पुगेको छ ।

कार्यक्रममा कनेटिकेट राज्यको ब्राउनफोर्डमा काउन्सील मेम्बरमा निर्वाचित रामचन्द्र श्रेष्ठलाई पनि फिप्ना अवार्डले सम्मान गरिएको थियो । ‘तपाईहरुले दिनु भएको रगतले अन्य मानिसहरुको ज्यान बचाउमा सहयोग पुगेकोले यो मानवीय सेवाको उच्च योगदानप्रति हार्दिक सम्मान व्यक्त गर्दछौ’ (FIPNA) का अध्यक्ष चेम्जोङले भने, ‘संस्थाको इतिहासमै पहिलो पटक गरिएको रक्तदान कार्यक्रम सफल बनाउने स्वयम्सेवक, सहयोगी र सञ्चारकर्मीलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ कार्यक्रममा रक्तदान गर्ने र सहयोगीहरुलाई सम्मान पत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ५६ बजे