डिसेम्बार १५ सम्ममा एक लाख ७० हजार कोभिड १९ को खोप न्युयोर्कमा आइपुग्ने

२०७७ मंसिर १८, बिहीबार १७:०६

न्युयोर्क । संघीय नियमक निकायले स्वीकृति दिएमा डिसेम्बर १५ सम्ममा कोभिड १९ को १ लाख ७० हजार भ्याक्सिन उपलब्ध हुने गभर्नर एन्ड्र्यु एम कुमले बताएका छन् ।

उनले त्यो खोपको पहिलो चरणमा नर्सिंग होमका बासिन्दाहरू र स्वास्थ्य सेवाकर्मीहरूलाई दिइने पनि बताए । खोप सर्वसाधारणमा वितरिण गरिनु अघि संघीय फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले आपतकालीन प्रयोगको लागि स्वीकृति प्रदान गर्नु पर्ने हुन्छ ।

उनले खोपसम्बन्धी घोषणा मंगलबार छुट्टीका समयमा यात्राहरु नगर्न र राज्यभित्र के कस्ता खतराहरु छन् भनेर जारी गरिएको चेतावनी पछि गरेका हुन् ।

“खोप कार्यक्रमले मात्र यो महामारीको वास्तवमै अन्त्य गर्न सक्छ” गभर्नर कुमोले भनेका छन् । अमेरिकी कम्पनी फाइजरले जर्मन कम्पनी बायोटेकसँगको सहकार्यमा निर्माण गरेको खोपको दुई डोज तीन हप्ताको बीचमा लिनु पर्ने हुन्छ । गभर्नर कुमोले दोस्रो डोज पनि बेलैमा उपलब्ध हुने अपेक्षा गरेका छन् ।

त्यस्तै अर्को मोडेर्नाले बनाएको खोपको पनि आशा गरिरहेको गभर्नर कुमोले बताएका छन् । कुमोले एफडीएलाई मोडेर्नले आवेदन पठाएको भएपनि त्यो कहिले आउँछ र कति व्यक्तिले खोप पाउँछ भन्ने स्पष्ट नभएको उनले बताएका छन् ।

 

सम्बन्धित समाचार