१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

फुटेका विवेकशील र साझा पार्टी फेरी जुटे



काठमाडौं । सुरुमा एउटै भएर पनि फुटेर दुई पार्टी बनेका विवेकशील र साझा पार्टीबीच फेरी एकीकरण भएको छ ।

बुधबार एक भर्चुअल कार्यक्रममा दुई पार्टी एक भएको घोषणा गरिएको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। पार्टीको अध्यक्षमा साझाका रवीन्द्र मिश्र छन् भने विवेकशीलका मिलन पाण्डे संयोजक तोकिएका छन् ।

दुवै दलबाट ६५/६५ जना केन्द्रीय सदस्य बनाइएका छन् । सचिवालय भने २६ सदस्यीय गठन गरिएको छ । छ महिनाभित्र एकता महाधिवेशन गर्ने पनि घोषणा गरिएको छ ।

दुवै दलका नेताहरुले विगतमा आफुहरु फुटेकालाई दुर्घट्ना भन्दै माफी समेत मागेका छन् ।

वैकल्पिक राजनीतिक शक्ति बन्ने घोषणाका साथ खुलेको पार्टी फुटेर निर्वाचनमा शर्मानाक हार व्यहोरेपछि फेरी जुटेका हुन् ।

कार्यक्रममा साझाका अध्यक्ष मिश्रले वैकल्पिक राजनीतिका लागि आफूहरू फेरि एक भएको बताएका छन् भने सुशासनका लागि आफूहरू लागि पर्ने उल्लेख गरे ।

 

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ५ : ३५ बजे