११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

चितवन समाज अमेरिकाको नेतृत्वमा शिवकमल


Ang

१५ पुस २०७७, बुधबार  

0
Shares

चितवन समाज अमेरिकाको तेश्रो अधिवेशनले शिवकमल पौडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा शारदा क्षेत्री तथा दितिय उपाध्यक्षमा कृष्ण गुरुङ चयन भएको छ । त्यस्तैग रि संस्थाको महासचिवमा राजेश सापकोटा, कोषाध्याक्षमा रईस बर्तौला रहेका छन् । सदस्यहरुमा श्रृजना गिरी, पारस खरेल, धुतराज लामा, लक्ष्मण वाग्ले, राजेन्द्र सापकोटा, कमल काडेल, शिव भण्डारी तथा विकास आचार्य चयन भएका छन् । न्युयोर्कको रिजवुडमा मगलबार सम्पन्न भेलाले वेदप्रसाद खरेल, रवीकिरण कोईराला, प्रभातराज सापकोटा, किरण मरहट्ठा, सूर्य लम्साल र राजु रौनियार सहित छ जनाको सल्लाहकार समिति बनाएको जनाएको छ ।zzzz

कार्यक्रम एनआरएन अमेरिकाका केन्द्रीय उपाध्यक्ष बि.आर. लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्यूयोर्क स्थित एल्महस्ट कम्युनिटि हस्पिटलका बोर्ड मेम्बर तथा जनजाति महासंघ अमेरिकाका पूर्व अध्यक्ष लुईस्याङ वाईबा, गुल्मी समाज अमेरिकाका अध्यक्ष तथा जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार हरिनारायण सापकोटा, जनसम्पर्क समितिका सल्लाहकार कृष्ण बहादुर विष्ट, एल्महस्ट कम्युनिटि हस्पिटलका बोर्ड मेम्बर यादव बाास्तोला, नेपाल विद्यार्थी संघका नेता सुजन खनाल रिजउडकी समाजसेवी कला खरेल लगायतका उपस्थिति रहेा थिए । कार्यक्रममा अतिथीहरुबाट नव निर्वाचित कमिटिलाई सफलताको शुभकामना तथा आगामी दिनहरुमा चितवन समाजसंग सामाजिक कार्यहरुमा हातेमालो गर्दै अगाडि बढने बताएका थिए । संस्थाका सल्लाहकार रविकिरण कोईराला र सल्लाहकार वेदप्रसाद खरेलले नवगठित समितिलाई बधाई दिदै संस्थालाई आगामी दिनहरुमा सल्लाह, सुझाव, सहयोग निरन्तर जारी रहने मन्तव्य दिएका थिए ।

त्यस्तै संस्थाका निवर्तमान अध्यक्ष प्रभातराज सापकोटाले आफनो कार्यकालमा संस्थाले गरेका कार्यक्रम तथा विविध गतिविधिहरुको वारेमा जानकारी दिदै, आगामी दिनहरुमा पनि निरन्तर संस्थाको उन्नति प्रगतिमा साथ रहने बताएका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शिवकमल पौडेलले सल्लाहकार तथा अग्रजहरुलाई विशेष धन्यवाद दिदै सामाजिक कार्य तथा संस्थाको कद उचो बनाउन हरपल प्रयत्न गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ९ : ३८ बजे