१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

सोनामछोटि बनिन आंखा डक्टर


Ang

२६ माघ २०७७, सोमबार  

0
Shares

न्युयोर्कमा अध्ययनरत नेपाली विद्यार्थी सोनाम छोटि शेर्पा (खम्बाचे) ले आंखा सम्बन्धीत अपटोमेट्रीसको अध्ययन पुरा गरेकी छन । नेपालमा हिमालयन इन्टरनेशनल मोडल स्कुलको अध्ययन सकेर अमेरिकी आएकी सोनामले डेमेन कलेज बफेलो न्युयोर्कबाट अन्डररग्राज्युट र म्यासचुसेटको कलेज अफ फरमेसिष्ट एण्ड हेल्थ साइन्सबाट मास्र्टड तहको अध्ययन पुरा गरेकी छन । अध्ययनकै क्रममा उनले वेष्ट भर्जिनिया, बोष्टन र न्युजर्सिको अस्पतालहरुमा आंखा सम्बन्धी उपाचारमा संलग्न हुदै प्रविधिक ज्ञान लिएकी थिए ।

उनी सोलुखुम्बु दुधकुण्ड नगरपालिका सल्लेरीको दोर्जी शेर्पा तुफान (खम्बाचे) र डोल्मा शेर्पाकी छोरि हुन । ‘ सानोमा आंखाको डक्टरनै हुन्छु भनेर सोचेको थिएन तर उच्च अध्ययन क्रममा आफुले पाएको ज्ञानसंगै स्वस्थ्य क्षेत्रमा काम गर्छु भन्ने इच्छा र अभिभावकको सल्लाह अनुसार अपटोमेटि्रसको अध्ययन पुरा गरे ‘ सोनामछोटिले भने- ‘ बोर्डको ३ वटा जाच मध्ये दुईटा जाच पास गरियो अब एउटा सकेको वितिकै काम गर्नतिर लाग्छौ’ ।

छोरिको सफलताप्रति सोनामका अभिभावकहरु गौरवको अनुभुती गरेका छन । ‘ छोरिले गरेको मेहनेतसंगै हाम्रो सपना पुरा भए जस्तै लाग्यो’ सोनामको आमा डोल्माले भने-‘ सानैदेखिन पढाईमा लगनसील छोरिले यो सफलतासंगै अझै धेरै कार्यहरु गर्न सक्छ भन्ने विश्वास लिएकी छु’ । उनले बताए ।

‘ शुरुमा अध्ययन गर्दा केही कठिन लागेपनि ध्यान दिएर अध्ययन गरेमा सकिने रहेछ’ सोनामले भने-‘ अहिलेसम्मको अध्ययन क्रममा धेरै कुराहरु सिक्ने र देख्ने अवसर मिल्यौ यही ज्ञान अनुभवसंगै भविष्यमा प्रवासको नेपाली समाज र मातृभुमी नेपालमा गएर केही सहयोग गर्ने योजना बनाएकी छु’ । आफुले हासिल गरेको उपलब्धिसंगै अन्य युवाहरुलाई मनमा ढृढ संकल्पका साथ मेहेनेत गरेमा सफलता हासिल हुने उनको सुझाव रहेको छ ।

आमा बुबाको वीचमा सोनाम छोटी

 

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : ५१ बजे