२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

सर्वोच्च अदालतले एमाले र माओवादी व्युँतायो



काठमाडौं । पार्टी एकीकरण गरेर संसदमा झण्डै दुई तिहाईको संख्यामा सांसद पुर्‍याएको नेकपालाई सर्वोच्च अदालतले अमान्य ठहर गरेको छ । अदालतको यो फेसलासँगै नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टीको अस्तित्व देखा परेको छ ।

निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा नै दर्ता गरेएकोमा सर्वोच्च अदालतले उक्त नाम अमान्य घोषित गरेको हो ।

दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्ने ९ कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ ।

एकीकरण बभएर बनेको नेकपामा चरम विवाद भइरहेको बेलदा अदालतले यो फैसलाले थप जटिलता थपी दिएको छ । एमाले र माओवादीका नेता तथा सांसदहरु अहिले एक अर्को गुटमा छरिएर रहेका छन् ।

एमाले र माओवादी दलको रुपमा छुट्टछुट्टै अस्तित्व देखा परेपछि संसदको गणित यस्तो देखिएको छ । प्रतिनिधिसभामा समानुपातिकसहितको सांसद संख्या यस्तो छ, एमाले –१२१, कांग्रेस – ६३, माओवादी– ५३, राष्ट्रिय जनता पार्टी – ३३, अन्य – ५ ।

फैसलाको पूर्ण पाठ:

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ४१ बजे