काठमाडौं । ३३ महिनाअघि तामझामका साथ एकीकृत भएको एमाले र माओबादी पुन पुरानै अबस्थामा फर्केको छ । सर्वोच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भएको हो ।
नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले एकीकरणअघिकै दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रूपमा अलग्गिने निर्णय गरेको छ । ओली पक्षले यसअघि नै फैसलाके स्वागत गर्दै एमाल्ले ब्युताउने बताइसकेके छ ।
साविक नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमवार बसेको स्थायी कमिटी बैठक यो पार्टीको अन्तिम भएको बताएका छन् ।
बैठकको निर्णय सुनाउँदै श्रेष्ठले भने, ‘गम्भीर असहमति (फैसलाप्रति) हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरिएको छ। नेकपाको बैठक यो अन्तिम हो।’
यसअघि प्रधानमन्त्री केपी ओलीसॅग मतभेद भएपछि प्रचण्ड-माधव नेपाल समुहले आफुहरु आधिकारिक नेकपानभएको दाबी गर्दै आएको थियो । एमाले फर्केका नेपाल समुहले वाम एकता जारी नै राखिने र ओली बिरुद्ब पीर्टी भित्रैबाट संघर्ष गर्ने बताएका छन्।