६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

किरात याक्थुङ चुम्लुङ अमेरीकाको अध्यक्षमा सुमन थाम्सुहाङ निर्वाचित


Ang

१३ बैशाख २०७८, सोमबार  

0
Shares

किरात याक्थुङ चुम्लुङ अमेरीकाको आठौ महाधिवेशनले सुमन थाम्सुहाङ लिम्बुको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । दुई वर्ष कार्यकालको लागी निर्वाचित कार्यसमितिको बरिष्ठ ऊपाध्यक्षमा युगेश लिङदेन लिम्बू , ऊपाध्यक्षमा ममता सुब्बा लाबूङ , महासचिवमा सुर्य लिङदेन लिम्बू , सचिवमा दिपक थेबे लिम्बू , कोषाध्यक्षमा पि के थक्लुङ लिम्बू , सह-कोषाध्यक्षमा लाजिमा सुब्बा नाल्बो तथा सदस्यहरुमा साबि लिङदेन लिम्बू, विमल चेम्जोङ लिम्बू, मणि लिबाङ लिम्बू, निर्मला कन्दङवा लिम्बू , बिवश माङमू लिम्बू , बानू तुम्बाहाम्फे लिम्बू , सम्झना लाबूङ लिम्बू , जिवन खजुम लिम्बू , सोनु पयाङगू लिम्बू र कृष्ण फोम्बो लिम्बू निर्वाचित भएका छन् भने बाकी ३ जना आगामी कार्यसमितिको पहिलो बैठकद्वारा मनोनीत गर्ने भएको छ ।

 

कियाचुको निवर्तमान अध्यक्ष विरेन्द्रहाङ लाबुङ लिम्बुको अध्यक्षतमा सम्पन्न आठौ महाधिवेशनको प्रमूख अतिथिको रूपमा रहेका नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष लोक चेम्जोङले परदेशमा सामुदायिक संघ संस्थाले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका थिए । उनले कियाचु अमेरीकाको अबको कार्यभार अमेरीकाको मूलधारमा लिम्बु कला संस्कृति र पहिचानलाई स्थापित गर्दै नया पुस्तामा पुस्तान्तरण गर्दै लानु हाम्रो प्रमूख कर्तव्य रहेको बताएका थिए । नेपालमा याक्थुङ लाजेमा हाम्रो पहिचानमाथी राज्यसत्ताद्वरा गरिएको सांस्कृतिक अतिक्रमणहरूको विरूद्धमा सशक्त आवाज उठाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।

कियाचु अमेरीकाका कानुनी सल्लाहकार दुर्गा सुब्बाको संयोजकत्वमा रहेको निर्वाचन समितिमा सदस्यहरू मुनिन्द्र नेम्बाङ र गणित सुब्बाद्वारा बन्दशत्रको संचालन तथा निर्वाचन प्रक्रियाको भुमिका निर्वाह गरेका थिए ।
महाधिवेशनको उत्घाटन सत्रमा किरात राई सोसाइटी अफ अमेरीकाका अध्यक्ष राम राई , तामाङ सोसाइटी अफ नर्थ अमेरीकाका अध्यक्ष लक्यान लामा , युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरीका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई , कियाचु पूर्व अध्यक्ष देवेन्द्र सम्बाम्फे , कानुनी सल्लाहकार दुर्गा सुब्बाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नवनिर्वाचित कार्यसमितीलाई तुम्याहाङ प्रेम मेयाङबो, मदत सम्बाम्फे , केशरमान लिम्बु , निर्वाचन समिति सदस्य मुनिन्ऽ नेम्बाङ, गणित सुब्बा साथै कियाचु पूर्व उपाध्यक्ष पुष्पलत्ता थाम्सुहाङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
नव निर्वाचित अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले आगामी आफनो कार्यकालमा कियाचुको आफनो चुम्लुङ हिम निर्माण गर्ने र यसको सुरूवात आफै बाट गर्ने भन्दै ५ हजार डलर दिएर सुरूवात गरेको घोषणा गरेका थिए । नेपाली अमेरीकन समुदायमा सधै एकढिक्का भएर समुदायको सेवामा समर्पित चुम्लुङ सन २००४ सालमा स्थापना भएको हो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ०७ बजे