अमेरिकी जनगणना ब्यूरोले सोमबार मुलुकको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ पुगेको उल्लेख गरेको छ । यो सन् २०१० को जनगणनामा देखिएको संख्या भन्दा ७.३५ प्रतिशन बढि हो । यो अमेरिकी इतिहासमै दोस्रो सुस्त जनसंख्या वृद्धि दर हो ।
यद्यपी यसले जनसंख्या वितरणमा भने असर पारेको छ । केही राज्यरुमा कंग्रेसको सीट संख्या बढ्ने देखिएको छ भने केही घट्ने छ । सीएनएनका अनुसार जनसंख्याको पछिल्लो वितरणले टेक्सासले कंग्रेसमा थप दुई सीटहरू प्राप्त गर्ने छ ।
त्यस्तै कोलोराडो, फ्लोरिडा, मोन्टाना, नर्थ क्यारोलिना र ओरेगनले कंग्रेसमा एक एक सीट प्राप्त गर्नेछन् । क्यालिफोर्निया, इलिनोइस, मिशिगन, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया र वेस्ट भर्जिनियाले २०२२ को मध्यावधि चुनाव अघि नै एक एक कंग्रेसको सीट सबै घट्ने बताइएको छ । अमेरिकी कंग्रेसमा जनसंख्याको वितरण अनुसार सीट निर्धारण गरिएको छ । हालको सीट निर्धारण सन् २०१० को जनगणना अनुसार गरिएको हो ।
राजनीतिक विश्लेषकहरुका अनुसार अमेरिकाको राजनीतिक शक्ति मध्य पश्चिम र पूर्वोत्तर राज्यहरुबाट दक्षिण र पश्चिमी राज्यहरुमा सर्दै गरेको देखिएको छ । यस प्रकारको जनसंख्याको वितरणमा हुने परिवर्तनले अमेरिकी राजनीतिक शक्ति मात्र होइन राज्यबाट प्राप्त हुने बजेटलगायत धेरै कुरामा असर गर्दछ ।
अहिलेको जनसंख्याको बृद्धिदर सन् २००० र २०१० को तुलनाका घटेको बताइएको छ भने सन् १९३० को भन्दा केही मात्रमा बढेको देखिएको छ । जनगणनाले देखाएको डाटालाई धेरै पक्षले विश्वासनीय रहेको बताएका छन् ।
“कुनै पनि जनगणना पूर्ण नभए पनि, हामी विश्वस्त छौं कि २०२० को जनगणनाको नतीजाले हाम्रो उच्च डाटाको गुणस्तर मापदण्ड पूरा गर्दछ। हामी तपाईंलाई अन्यथा जारी गर्ने छैनौं” सेन्सस व्यूरोका निमित्त निर्देशक रोन जर्मिनले भनेका छन् । वाणिज्य सचिव जीना राइमन्डोले पनि नतिजामा विश्वास व्यक्त गरेका छन् ।
व्यूरोले जारी गरेको विज्ञप्तीमा २०२० मा विश्वव्यापी महामारी, विनाशकारी डढेलोवन्य, देशभर फैलिएको नागरिक अशान्ति रेकर्ड र सबैभन्दा सक्रिय तुफानको मौसमसहितका चुनौतिहरुलाई पनि सामना गरेर जनगणना गरिएको उल्लेख गरेको छ ।