२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

कामी रिताले चुमे २५ औं पटक सगरमाथाको चुचुरा



काठमाडौं । सर्वाधिक पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने विश्व रेकर्ड बनाएका कामी रिता शेर्पाले शुक्रवार आफ्नै तोडेका छन् ।

सगरमाथामा आरोहणका लागि डोरी टाँग्ने समुहको नेतृत्व गर्दै गरेका कामी रिताले २५ औं पटक सगरमाथाको चुचुरा चुमेर यसअघिको २४ पटक सगरमाथा चढेको आफ्नै रेकर्ड तोडेका हुन् ।

सेभेन समिट ट्रेक्स प्रालिका अनुसार शुक्रवार साँझ ६ बजे कमी रितासहित १२ जनाको टोली सगरमाथाको चुचुरामा पुगेको हो । योसँगै कामी रिताले ८ हजार भन्दा अग्लो चुचुरामा धेरै पटक पाइला टेक्ने रेकर्ड पनि बनाएको सेभेन समिटले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको छ । उनले सगरमाथा २५ औं पटक चोयू ८ पटक, मनस्लु तीन पटक तथा के२ र ल्होत्से एक/एक पटक आरोहण गरेका छन् । यि सबै ८ हजार मिटर माथीमा हिमाल हुन् ।

डोरी टाँग्ने समुहले सगरमाथाको चुचुरासम्मै डोरी टाँगी सकेकाले अव सगरमाथा आरोहणको बाटो खुला भएको छ । यस सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्मै सबैभन्दा धेरै ४ सय ८ आरोहीले अनुमति लिएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ५५ बजे