१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

केपी ओली पुन: प्रधानमन्त्री नियुक्त, शुक्रवार शपथ हुने



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः नियुक्त गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले बिहीबार राती जारी गरेको बिज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी स्वतः पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले दलहरुलाई संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार बनाउन तीन दिनको समय दिएकी ऱ्थिइन् ।

दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रधानमन्त्री ओलीलाई शुक्रबार दिउँसो शपथ गराउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ११ : ०४ बजे