काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले मन्त्रिपरिषद्को सिफरिसमा प्रतिनिधिसभा विघटन गरेकी छन् । उनले मन्त्रिपरिषदकै सिफारिसमा कातिक २६ र मंसिर ३ गते निर्वाचनको घोषणा पनि गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार मध्यरात पछि बसेको मन्त्रिपरिषद्को बैठकले आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिश गरेको थियो ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएको समयमा परेका एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा दुवै जनाको प्धानमन्त्रीमा दावी खारेज गरेकी थिईन् ।