काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई कोभिड १९ बिरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन् । यसअघि अमेरिकी खोप सहयोगमा नेपाल नपरेको बताईएको थियो ।
नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा राष्ट्रपति बाइडेनले नेपाल लगायत एसियाका १६ मुलुकलाई ७० लाख डोज भ्याक्सिन दिने घोषणा गरेको उल्लेख गरेको उल्लेख गरेको छ ।
‘’हामी विश्वव्यापी रूपमा नै कोभीड-१९ को महामारीसँग लडिरहेको यो समयमा आज अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभिड-१९ भ्याक्सिन सहयोगको घोषणा गर्नुभएको छ। कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सिन पहुँचका लागि अमेरिकाले गरिरहेको विभिन्न सहयोगसँगै नेपाललगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभीड्-१९ भ्याक्सिन प्राप्त गर्नेछन् । हामी सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने हामीलाई विश्वास छ’’ दूतावासल् भनेको छ ।
यसअघि अमेरिकी सरकारले नेपाललाई दुई पटक स्वास्थ्य सामाग्री सहयोग गरि सकेको छ ।