तमु परिवारको अध्यक्षमा मनिता गुरुङ निर्वाचित

२०७८ जेष्ठ ३१, सोमबार ०४:१४

तमु परिवार न्युयोर्कको हालै सम्पन्न अधिबेसनले अध्यक्षमा मनिता देवी गुरुङ निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै उपाध्याक्षमा अमर गुरुङ , सचिबमा देवि जंग गुरुङ, सहसचिबमा निरज घले, कोषाध्यक्षमा टिका राज गुरुङ र सहकोषाध्यक्षमा चिनु घले निर्विरोध निर्वाचित भएका छन । त्यसैगरि सदस्यहरुमा किरण गुरुङ , शिब गुरुङ, प्रबिन गुरुङ , प्रेम गुरुङ, शिब गुरुङ कीर्ति घले, अर्पण गुरुङ बिद्या गुरुङ थमन गुरुङ, पूर्ण गुरुङ र माया गुरुङ निर्वाचित भएका छन ।

नया कार्यसमिति चयनसंगै मना घलेको नेतृत्वमा तमु परिवार आमा समुह गठन गर्नुको साथै ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको जनाएको छ । सल्लाहकार समितिमा सस्थापक अध्यक्ष डम्बरजंग गुरुङ, चित्रकोने गुरुङ, कुष्ण गुरुङ, अर्जुन घले , लाल बहादुर गुरुङ र विन घले चयन गरेको जनाएको छ । अधिबेसन नेपाली शैनिकको अवकास प्राप्त जमदर लोक बहादुर घलेको प्रमुख आतिथ्यमा भएको थियो ।

सम्बन्धित समाचार