विश्व संगीत दिवसको अवसर पारेर हिमालय सास्कृतिक प्रतिष्ठानले गत मे महिनामा निधन भएका बरिष्ठ कलाकारहरुको स्मृतिमा सामुहिक श्रद्धाञ्जली कार्यक्रमसंगै सांगितिक कार्यक्रम आयोजना गरियो । कार्यक्रममा वरिष्ठ गीतकार, निर्देशक, कथाकार चेतन कार्की वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ गायिका लास्मित राइप्रति उहाहरुका गीतहरु गाएर श्रद्दाभाव प्रकट गरिएको थियो । न्युयोर्कमा बसोबास गदै आइरहेका कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा लाइभ व्याण्ड मार्फत नेपाली गीत संगीत कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रम प्रतिस्ठानका फाउन्डर मेम्बर गायक अभय ढुंगेलले सन्चालन गरेका थिए । उक्त अवसरमा गायन तथा बाद्द्यबादनमा कलाकारहरु गायक डा. महेशराज ठाकुर, जगदिश समाल, संगीता मुखिया चोछोन, न्हुछे नारायण डंगोल, तिलक बम मल्ल, बिमल डाागी, राम सिंह ( बासुरी ) हेमराज राई (गिटार) र सुवर्ण शाक्य लगायतको प्रस्तुति थिए ।