१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

नेजाको अध्यक्षमा विकासराज निर्वाचित


Ang

११ श्रावण २०७८, सोमबार  

0
Shares

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को ७ औ अधिबेसनले विकास राज न्यौपानेको नेतृत्वमा नयां कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्ष पदमा निर्वाचित न्यौपाने यसअघि कार्बाहक अध्यक्ष थिए । त्यस्तै उपाध्यक्षमा मच्छेदेवी गुरुङ र महासचिवमा सुरज भण्डारी निर्वाचित भएका छन् । भर्जिनियामा सम्पन्न अधिबेसनमा अध्यक्ष उपाध्यक्ष र महासचिव पदमा बाहेक सबै पदहरु निर्विरोध निर्वाचित भएको थियो ।


अध्यक्ष पदको लागि विकासराज न्यौपाने, अनुज थापा र गोकुल ढकाल वीच निर्वाचन भएको थियो भने उपाध्यक्ष पदमा मच्छे गुरुङ र किसान रेग्मी वीच त्यस्तै महासचिवमा सुरज भण्डारी र प्रसान यलुङ राई वीच निर्वाचन भएको थियो ।

सचिवमा कल्पना ढकाल, कोषाध्यक्षमा प्रभात भट्टराई, सदस्यहरूमा अनिल अधिकारी, बाबुराम दाहाल, सागर बानिया र ज्ञान प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख आङछिरिङ शेर्पाले पद तथा गोपानियताको सपथ दिलाएका थिए । १ सय ४५ जना मतदाता रहेको अधिबेसनमा ८१ जनाले मतदान गरेका थिए ।

नेजाको अधिबेसनमा प्रमुख अतिथिको रुपमा नेपालबाट आइपुगेका नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा विशेष अतिथिको रुपमा महासंघको पुर्व सभापति हरिहर विरही, मेरिल्याण्ड राज्यको विधान सभा सदस्य एचवी भण्डारी, बरिष्ठ सम्पादक एवं नेजाको मानार्थ सदस्य योगेश उपाध्याय, बरिष्ठ सम्पादक एवं नेजाको सल्लाहकार तारा बराल, अबैतानिक बाणिज्यदुत प्रेमराजा महत, एनआरएन अमेरिकाको अध्यक्ष बुद्धि सुवेदी लगायत स्थानीय विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ०२ बजे