४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

दोलखा श्यामा शेर्पा समाज अमेरिकाद्धारा ५ लाख ४० हजार आर्थिक सहयोग


Ang

१६ श्रावण २०७८, शनिबार  

2
Shares

विश्वभरि फैलिएको कोरोना संक्रमणले मानव जीवनमा निकै चुनौतीको दिएरहेको यो बेला नेपालमा पछिल्लो समय फैलिएको दोश्रो कोेभिढको लहरले नेपालको हिमाली जिल्लाहरु पनि अछुतो रहन सकेन । संक्रमणको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा दोलखा जिल्ला जिरी नगरपालिका वाड नः१ श्यामा गाउ पनि संक्रमणको जोखिममा परेकोले अमेरिकामा रहेका स्यामाबासीहरुले आफनो गाउबासीलाई ५ लाख ४० हजार नगद आर्थिक सहयोग गरेको छ ।

दोलखा श्यामा शेर्पा समाज अमेरिकाले कोभिढबाट जोगिनको निमित्त प्राथमिक तहका सामाग्रीहरु खरीदगरी जिरी नगरपालिका वाड नः १ का जनप्रतिनिधि वाड अध्यक्ष लाक्पा शेर्पासंग हातेमालो गर्दै वाड न १ को स्वास्थ्यचौकीमा २ थान अक्सिजन कन्सनटेटर सहित कोरोना पोजेटिभ बिरामीहरुको सेवामा खटिने स्वस्थ्यकर्मी र एम्बुलेन्स चालकलाई प्रोत्साहान स्वरुप भत्ता र कोभिढ पोजिटिभ भएर पनि अस्पताल जान नसक्ने आर्थिक कमजोरी भएको बिरामीलाई भाडा सहयोग गरिएको जनाएको छ ।

कोरोना पोजेटिभ बिरामिहरुलाई पोषाणको लागि आर्थिक सहयोग र कोरोनाबाट मृत्यु भएका परिवारलाई समेत केही आर्थिक सहयोग र विभिन्न स्वास्थ्य सामाग्रीहरु ४सय ७० घरदुरिलाई वितरण गरिएको दोलखा श्यामा शेर्पा समाज अमेरिकाको अध्यक्ष एपी लामा शेर्पाले जनाएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : २३ बजे