काठमाडौं । ग फागुनमै कोभिशील्ड खोपको पहिलो मात्र लगाएका ज्येष्ठ नागरिकलााई अहिले बल्ल जापान र भुटानबाट आएको आस्ट्राजेनेका खोप दिन सुरु गरिएको छ ।
सरकारले दोस्रो मात्रा खोपको प्रतीक्षा गरिरहेका पाँचवटा प्रदेशका ज्येष्ठ नागरिकलाई लगभग साढे १० लाख आस्ट्राजेनेका खोप साउन मसान्तसम्म लगाइसक्ने बताएको छ ।
जापान र भुटानबाट प्राप्त भएका ती खोप मंगबारदेखि लगाउन सुरु गरिएको हो ।
अनावश्यक भिडभाड नगर्न र पहिलो मात्रा लिएको प्रमाण खुल्ने कागजपत्र सहित खोप केन्द्रमा आउनु पर्ने नियम बनाइएको छ ।