७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

जनगायक जेवी टुहुरे रहेनन्



काठमाडौँ । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुगेका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा बिहीवार निधन भएको छ ।

स्थानीय बयोधा अस्पतालमा उनको निधन भएको हो । उनी ७८ वर्षका थिए । उनी संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गायक टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै शोक प्रकट गरेका छन् । प्रधानमन्त्रीले स्वर्गीय कलाकारको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ३ : ३३ बजे