न्युयोर्कमा अहिलेसम्मकै सवैभन्द ठुलो राशीको खेल प्रतियोगिता शेर्पा किदुगले आयोजना गरियो । किदुगको रजतजयन्तीको अवसर पारेर आयोजत उक्त खेल प्रतियोगिताको च्याम्पियन उपाधी फुटबल तर्फ रसुवा समुह र भलिबल तर्फ सिन्धु समुहले जितेका छन । दुबै खेलको बिजेताहरुले ५ हजार ५ सय ५५ डलर हात पारेका थिए ।
त्यस्तै फुटबलमा दोश्रो न्युजर्सि नेपाली समाज र भलिबलमा दोश्रो एनवाइसि समुहले ३ हजार डलर हात पारेका थिए । त्यस्तै गाउले वीचको भलिबल खेलमा दोलखा समुह प्रथम र जिटिकेटि समुह दोश्रो भएका थिए । फुटबलमा ३५ माथिको रसुवा समुहले र दोश्रो न्युजर्सि नेपाली समाज समुह भएका थिए । ३५वर्ष माथिको फुटबलमा प्रथम हुनेले २ हजार डलर र दोस्रो १ हजार डलर र गाउले तर्फको भलिबलमा प्रथम हुनेले १ हजार र दोस्रो ५ सय डलर पाएका थिए ।
अमेरिकी नेपाली समुदायमा शेर्पा किदुगले विगत लामो समयदेखिन आयोजना हुदै आएको यो प्रतियोगिता न्युयोर्कको सवैभन्द ठुलो खेल प्रतियोगिता हो । यस पटक भलिबल तर्फ १० समुह त्यस्तै ३५ बर्षमाथिको ८ समुह र गाउलेहरु वीच ५ समुहले भाग लिएको किदुगको महासचिव आङ छिरिङ शेर्पाले जनाएको छ । त्यस्तै सटफुटमा जिटिकेटिका ल्हाक्पा रिन्जी शेर्पा र डोरी तान्नेमा दोलखा टिम प्रथम भएका थिए । महासचिव शेर्पाका अनुसार प्रतियोगितामा भलिबल तर्फ उत्कृष्ट ओपन सटर सोनाम दोर्जी ,सेमी सटर दिपक थापा,बेस्ट लिटर सन्तोस गुरुङ,तथा उत्कृष्ट खेलाडी शिन्धु टिमका पमकिन सोनामले पाएका थिए । त्यस्तै गाउले तर्फको खेलमा दोलखाका उत्कृष्ट खेलाडी टासी शेर्पाले हात पारेका थिए ।
कार्यक्रममा बिजेताहरुलाई प्रमुख अतिथिको रुपमा उपस्थित न्युयोर्क कन्सुलेटका कार्यवाहक महाबाणिज्यदुत विष्णु गौतमले पुरस्कार प्रदान गरेका थिए । त्यस्तै किदुगको अध्यक्ष छिरिङ शेर्पाले किदुगको रजत जयान्तीको अवसरमा आयोजित ठुलो राशीको यस प्रतियोगितामा साथ दिने सहयोगीहरु र खेलमा भाग लिने सबै खेलाडीहरुलाई धन्यवाद दिएका थिए ।