काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले सो अध्यादेश खारेज गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत भएमा मात्र दल विभाजन गर्न सकिने कानुनी व्यवस्थालााई संशोधन गर्दै २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने व्यवस्थासहितको अध्यादेश सरकारले ल्याएको थियो । त्यही अध्यादेशको आधारमा जनता समाजवादी पार्टी र नेकपा एमाले फुटेको थियो ।
उक्ता दुई पार्टी फुटेर सरकारले बहुमत प्राप्त गरेपछि सरकारले उक्त अध्यादेश फिर्ता लिने सिफारिस गरेको गरेको हो ।
अध्यादेश फिर्ता लिएपछि एमालेले भने आफ्नो पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको पुष्टी भएको बताएको छ । यसअघि देखि नै एमाले फुटाउन अध्यादेश ल्याएको भनेर विरोध गर्दै आएको छ ।