२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

एमालेको महाधिवेशन चितवनमा, मूल व्यवस्थापन कमिटीमा बादल



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने भएको छ । यसअघि महाधिवेशन लुम्बिनी प्रदेशको बुटलवमा हुने भनिएको थियो ।

एमालेको बिहीबार बसेको स्थायी कमिटी बैठकले उक्त महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै बाग्मतीका इञ्चार्ज रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन पनि गरेको छ । पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार व्यवस्थापन कमिटीमा योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पाखरेल, कपिल पोखरेल, विष्णुभक्त पोखरेल, पार्वती रावलसहित सात वटै प्रदेश र सम्पर्क कमिटीका प्रतिनिधि रहने छन् ।

आमरुपमा तोकिएकै मितिमा वडा र स्थानीय पालिकाको अधिवेशन हुने र बाढी पहिराबाट प्रभावित स्थानमा केही पर सर्न सक्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए । एमालेले वडास्तरमा यही कात्तिक ६ र पालिकास्तरमा कात्तिक ९ गते अधिवेशन गर्ने तय गरिएकफ छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  २ : ०० बजे