काठमाडौं । नियुक्ती भएको ७१ दिनमै वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् ।
उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष बुधबार राजीनामा पेश गरेकी हुन् ।
यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गरेकी थिइन् । मुख्यमन्त्री शाक्यले बिश्वासक मत लिने प्रकृया सुरु भएको बेला अल्पमतमा पर्ने देखिए पछि राजीनामा दिएकी हुन् ।









