७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चीनबाट थप १० लाख मात्रा कोरोनाबिरुद्धको खोप आइपुग्यो



काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिए ।

उनका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : १४ बजे