१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

रसियाद्वारा युक्रेनमा आक्रमण, अमेरिकालगायत पश्चिमा देशद्वारा विरोध



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न भन्दै युक्रेनमा आक्रमण गरेका छन् । विशेष “सैन्य अभियान” घोषणा गरेपछि युक्रेनको राजधानी किभलगायत देशभरका बिभिन्न सहरमा विष्फोट सुनिएको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ ।

आपतकालीन ठेगाना दिँदै पुटिनले देशलाई निशस्त्रीकरण गर्न अपरेशन शुरु गरिएको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसलाई कुनै खतरा नदिएको र नरहेको बताएको केही घण्टापछि सैन्य आक्रमण गरिएको हो ।

रूसी भाषामा पठाइएको भावनात्मक अपीलमा जेलेन्स्कीले भनेका छन्, “तपाईलाई भनिएको छ कि युक्रेन रूसको लागि खतरा हुन सक्छ तर यो विगतमा पनि यस्तो थिएन, अहिले पनि त्यस्तो छैन र भविष्यमा पनि हुने छैन। तपाईं नाटोसँग सुरक्षाको ग्यारेन्टी माग्नुहुन्छ । हामी हाम्रो सुरक्षाको ग्यारेन्टी पनि माग्छौं” बुडापेस्ट मेमोरेन्डमको एक भिडियो सन्देशमा भनिएको छ ।

रुसी सैनिकले युक्रेनमा आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति जो वाइडेनले त्यसकव विरोध गर्दै विश्वले रुसलाई जिम्मेवार बनाउने बताएका छन् । साथै रुसमाथि थप प्रतिबन्धहरु लगाएका छन् ।

त्यस्तै बेलायत, जर्मनीलगायत पश्चिमा देशहरुले रुसी आक्रमणको निन्दा गर्दै थप प्रतिबन्ध लगाउने बताएका छन् । संयुक्त राष्ट्र संघ महासचिवले पनि आक्रमणको भर्तस्ना गरेको छ । चीनले भने सबै पक्षलाई संयम रहन अपील गरेको छ ।

युक्रेनबाट अलग भएका क्षेत्र डोनेस्क र लुहान्स्कका प्रमुखहरूले रुसी राष्ट्रपतिलाई सहयोगको लागि आग्रह गरेपछि आक्रमण गरिएको हो । युक्रेनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को तत्काल बैठकको लागि अनुरोध गरेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ११ : २१ बजे