१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

महिला महासंघको वागमती प्रदेश समन्वय परिषदको अध्यक्षमा छिरिङ डोल्मा शेर्पा



राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ वागमती प्रदेशको प्रथम अधिवेशन महासंघका कोषअध्क्षय निर्मला भुजेलको प्रमुख अतिथ्यमा शनिबार सम्पन्न भएको छ ।

उक्त अधिवेशनबाट अध्यक्षमा छिरिङ डोल्मा शेर्पा , उपाध्यक्ष अमिता नगरकोटी, सचिवमा देवी माया देवान, सहसचिवमा प्रतिकक्षा माँझी, कोषाध्यक्षमा रोशनी भुजेल तथा सदस्यहरुमा
जानकी चौधरी, राम कुमारी थामी, लक्ष्मी दराई र कान्छी तामाङ योल्मो रहेको नौ सदस्यीय वागमती प्रदेश समन्वय परिषदको गठन गरेको छ ।

कार्यक्रममा अतिथिको रुपमा महासंघका सचिव नानु थामी, याक्खा महिला समाज केन्द्रिय समितिका अध्क्षय इन्दिरा जिमी याक्खा, महासंघकै नुवाकोट जिल्ला समन्वय परिषदका अध्यक्ष सर्मिला थापामगर, दराई महिला संघका अध्यक्ष लक्ष्मी दराई, चितवन जिल्लाका वडा सदस्य बिन्दु दराई र मकवानपुरका सुशिला माँझी उपस्थित थिए ।

सौराहको भद्रेनी जंगल रिसोर्टमा भएको उक्त कार्यक्रममा विभिन्न जिल्लाबाट तेह्र जातीय संस्थाका महिला दिदिबहिनीहरूको उपस्थिति थियो । हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ५ : ५६ बजे