बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सोलुखुम्बु जिल्लामा कांग्रेसले पाँच पालिकामा जित हात पारेको छ । बुधबार दिउँसोसम्म आएको सबै ८ वटै पालिकाको मत परिणाम अनुसार दोस्रोमा दुई पालिका जितेर एमाले दोस्रो स्थानमा छ भने एक पालिका जितेको माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
सबै भन्दा पछि आएको सोलुखुम्बुको एक मात्र सोलुदूधकुण्ड नगरपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नाम्गेल जाङबु शेर्पा ४ हजार ९ सय ६८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का आङ काजी शेर्पालाई ५७८ मतान्तरले पराजित गरेका हुन् । पराजित आङ काजी शेर्पाले ४ हजार ३ सय ९० मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार नेचासल्यान गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार धन जन राई २,५५९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार डुफकुमार बास्तोलालाई २४६ मतान्तरले पराजित गरेका हुन् । पराजित डुफकुमार बास्तोलाले २,३१३ मत ल्याएका छन् ।
त्यसैगरी माहाकुलुङ गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार सूर्यबहादुर राई २,१०० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार सागर किराँतीलाई ४७४ मतान्तरले पराजित गरेका हुन् । पराजित सागर किराँतीले १,६२६ मत ल्याएका छन् ।
लिखु पिके गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार मिनादेवी कार्की १,२६० मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार डम्बरबहादुर बस्नेतलाई १४७ मतान्तरले पराजित गरेकी हुन् । पराजित डम्बरबहादुर बस्नेतले १,११३ मत ल्याएका छन् ।
सोताङ गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार खिलराज बस्नेत १,६४८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार प्रकाश कार्कीलाई १२८ मतान्तरले पराजित गरेका हुन् । पराजित प्रकाश कार्कीले १,५२० मत ल्याएका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मिङमा छिरी शेर्पा २,०२८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार चुङब सेर्पालाई ४१९ मतान्तरले पराजित गरेका हुन् । पराजित चुङब सेर्पाले १,६०९ मत ल्याएका छन् ।
माप्य दूधकोशी गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार बुद्धिकिरण राई ३,३४३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार चन्द्रबहादुर राईलाई ३५६ मतान्तरले पराजित गरेका हुन् । पराजित चन्द्रबहादुर राईले २,९८७ मत ल्याएका छन् ।
थुलुङ दूधकोशी गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार अशिम राई ४,०४९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार वीरबहादुर गुरुङलाई ५३८ मतान्तरले पराजित गरेका हुन् । पराजित वीरबहादुर गुरुङले ३,५११ मत ल्याएका छन् ।
सोलुदूधकुण्ड नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार नाम्गेल जाङबु शेर्पा २,३११ मतका साथ अग्रस्थानमा छन् । शेर्पालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का आङ काजी शेर्पाले १,६९१ मत ल्याएका छन् ।
नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेस उम्मेदवार धन जन राई १,८७२ मतका साथ अग्रस्थानमा छन् । राईलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डुफकुमार बास्तोलाले १,४९२ मत ल्याएका छन् ।