२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

अमेरिकामा ग्राण्ड साकेला उभौलीसंगै युक्राको छैटो अधिबेसन सम्पन्न


Ang

७ असार २०७९, मंगलबार  

0
Shares

युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका (युक्रा) ले क्यालिफोर्नियामा  ग्राण्ड उभौलि साकेलासंगै सस्थाको छैटो अधिवेशन सम्पन्न गरेको छ । उक्त अधिबेसनले जय कुमार राईको नेतृत्वमा ९ सदस्यीय केन्द्रिय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । त्यस्तै उपाध्याक्षमा कुसुम राई उपाध्यक्ष मेरिल्याण्ड, केशव राम राई उपाध्यक्ष न्यूयोर्क, यान राई उपाध्यक्ष क्यालिफेर्निया, मुक्ति नारायण राई महासचिव न्यू ह्याम्पसायर, राजन कुथुमी राई कोषाध्यक्ष न्यू ह्याम्पसायर, तेज राई वोर्ड सदस्य क्यालिफोर्निया, गणेश राई वोर्ड सदस्य न्यूयोर्क, हिमाल राई वोर्ड सदस्य, टेक्सास छन् भने पार्शद सदस्यहरूमा ममता राई, समिता राई, कर्ण राई, जोरविर राई र दमकाजी राईले च्याप्टरबाट चयन गरेका छन् ।

महाधिवेशनको उदघाटन गदै प्रमुख अतिथिको रुपमा उपस्थित वर्तमान केन्द्रिय सल्लाहकार तथा पूर्व पुर्व अध्यक्ष मिलन राईले हामी किरात राईहरु संसारका जुनसुकै ठाउमा पुगे पनि संगठित हुदै, आफनो संस्कार र संस्कृतिलाई संरक्षण तथा सम्वर्धन गर्दै जीवन्त राख्न सकृय भूमिका खेलिरहेको बताएका थिए । अमेरिकामा हामी सुख र दुःखमा जोडिने भाईबन्धु त हौं नै, त्यसका अलवा कुल कुटुम्ब पनि भएकोले युक्राले हाम्रो संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धनमा भुमिका निर्वाह गरेको उनले बताए । केन्द्रिय महासचिव जय कुमार राईले संचालन गरेको उद्घाघाटन कार्यक्रमलाई अध्यक्ष मूना राईले अमेरिकामा राईहरूको साकेला थानलाई ड्रिम प्रोजेक्टको रूपमा कार्यन्वायन गर्ने उद्देश्यले संस्थाका पूर्व केन्द्रिय अध्यक्ष तथा सल्लाहकार विष्णु कुमार राईको संयोजकत्वमा अघि बडेको परियोजना निर्माणको लागी दाताहरूबाट १० लाख डलरको प्रतिवद्धता भै हालसम्म २ लाख २२ वैंक खातामा जम्मा भैसकेको जानकारी दिएकी थिए ।

कार्यक्रममा उपाध्यक्ष एवं छैटौ महाधिवेशन तथा केन्द्रिय साकेला आयोजक समितिका संयोजक जि.एस. राईको स्वागत मन्तव्यसंगै च्याप्टर अध्यक्षहरु कर्ण राई,जोर वीर राई र ममता खालिङले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए । महाधिवेशन उद्घाटन शुरु हुन अघि युक्रा क्यालिफोर्निया च्याप्टरद्वारा विभिन्न राज्यहरुबाट महाधिवेशनमा सहभागी प्रतिनिधी तथा सदस्यहरुले किरातहरुको मौलिक प्रतिक चिन्ह धजुरा, पिचुरी र खादा लगाई स्वागत गरेका थिए ।
उक्त अवसरमा कोभिड महामारीको कारणबाट थाति रहेका संस्थाका आजिवन सदस्यहरूलाई सम्मान पत्र र चेष्ट व्याज, शैक्षिक वर्षहरुमा हाई स्कुल तथा कलेज ग्राजुएटस् विधार्थीहरूलाई ट्रफी र हालसम्म संस्थाको हरेक गतिविधिमा योगदान दिदै आएकाहरुलाई सम्मान गरेका थिए । यस पटक युवा वर्गको उच्च सम्मानमा दिइने यूवा पुरस्कार युथ अवाड यू ईङ्गलैण्ड च्याप्टरका उपाध्यक्ष शेखर राई र प्रेसिडेन्ट अवाड केन्द्रिय बोर्ड सदस्य सुखराज राई ,न्यूयोर्कलाई अध्यक्ष मुना राईबाट प्रदान गरिएको थियो ।

अधिवेशनपछि दोश्रो दिन क्यालिफोर्नियाको फ्रिमण्ट शहरको एलिजावेथ पार्कमा करिव ३ सय जनाको उपस्थितीमा ग्राण्ड साकेला उभौली भएको थियो । छैठौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष जय कुमार राईको सभापतित्वमा सम्पन्न ग्राण्ड साकेलामा प्रमुख अतिथीको रुपमा संस्थाका पूर्व अध्यक्ष विष्णु कुमार राई र विशेष अतिथी किरात याक्थुम चुम्लुङ्गका संरक्षक सुरेन्द्र फोम्बो थिए । उक्त अवसरमा नेपाल आदिवासी जनजाती महासंघ क्यालिफोर्नियाका अध्यक्ष देव किरात राई लगायत वे एरियाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती थिए । कार्यक्रममा साकेला थानको भूमीपुजा गर्न न्युयोर्कबाट ८३ वर्षिय नाक्छुङ्ग पदम ब. राई उपस्थित भएका थिए भने न्यू ह्याम्पसायरबाट पासुङ्ग खडीमान राई समेत उपस्थित थिए ।

न्युयोर्क च्याप्टरको साकेला टोलिको प्रस्तुती उत्कृष्ट साकेला नाच प्रस्तुत गरेका थिए भने केन्द्रिय अध्यक्ष जय कुमार राई, न्यू इङ्गलैण्ड च्याप्टर अध्यक्ष कर्ण राई, क्यालिफोर्निया च्याप्टर महासचिव टक्सन राई, न्युयोर्क च्याप्टर अध्यक्ष ममता खालिङ्ग,बिष्णु कुमारी राई, राधना राई, जानुका राई, नवीन राई , हिरा राई , कृष्ण राई,तेसु राई, रोशन राई, जानकी राई लगायतका कलाकारहरुले किराती धुन र संस्कृति सम्बन्धि गीत तथा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गरी युक्रा न्यूयोर्क च्याप्टरका उपाध्याक्ष्ँ तथा कलाकार बसन्ती राईले एकल नृत्य प्रस्तुत गरिएका थिए । ग्राण्ड साकेला कार्यक्रमको संचालन केन्द्रिय महासचिव मुक्ति नारायण राई र न्यू ईङ्गलैण्ड च्याप्टर उपाध्यक्ष शेखर राईले संयुक्तरुपमा गरेका थिए ।

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ७ : २१ बजे