१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

न्युयोर्कमा बीमाकुमारी दुरा साँझ


Ang

२८ असार २०७९, मंगलबार  

2
Shares

नेपालको लोकपि्रय लोक दोहोरी तथा लोकगीतकी वरिष्ठ गायिका तथा सर्जक बीमाकुमारी दुराको एकल गायन साँझ न्युयोर्कमा सम्पन्न भएको छ । अमेरिकाको भ्रमणमा रहेकी गायिका दुराको एकल गायन साँझ ‘नेपालको सान कला र संस्कृतिको पहिचान’ भन्ने नाराका साथ स्याङ्जा समाज अमेरिकाले न्युयोर्कको नेपाली भान्साघर रेस्टुरेन्टमा आयोजना गरेको थियो ।
समाजका महासचिव शोभाकान्त पाण्डेले स्वागत भाषण गरी कलाकारहरुको परिचय गराएको उक्त कार्यक्रममा न्युयोर्कका स्थानीय कलाकारहरु विमल डागी, संगीता थापा, मधुर गिरी, न्हुच्छेनारायण डंगोल लगायतका कलाकारहरुले साथ दिएका थिए ।

कार्यक्रममा न्युयोर्कको नौमती बाजा समूहले पनि नेपाली पञ्चे बाजा बजाई साथ दिएका थिए ।
गायिका दुराले रातको ९ बजे सुरु भएको कार्यक्रममा रातको २ बजेसम्म गाएर उपस्थित दर्शकहरुलाई मनोरन्जन दिएकी थिए । स्याङ्जा समाज अमेरिकाका अध्यक्ष विमला हमाल श्रेष्ठले गायिका दुरालाई खादा लगाई स्वागतसंगै धन्यवाद ज्ञापन गरेकी थिए ।
गायिक दुराले नेपालको मिडियाले अब आफू नेपाल र्फकदैन भनी हल्ला गरेकोमा दुःख व्यक्त गर्दै यो गलत हो, म आफ्नो देश र्फकन्छु, मलाई आफ्नो देश , आफू जन्मेको माटो प्यारो लाग्छ भनेकी थिइन । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष बीरेन्द्रजंग केसीले स्याङ्जा समाज अमेरिका स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै अमेरिकामा नेपाली कला, धर्म, संस्कृति, चाडपर्व रीतिरिवाज प्रवर्द्धन तथा प्रचार अनि नयाा पुस्तालाई आफ्नो देशको कला संस्कृति पहिचान गराई यसलाई लोप हुन नदिन यो संस्था स्थापना गरेको बताएका थिए । उनले हामीले अमेरिका आएका कलाकारहरुलाई मात्र प्रस्तुत गरेको होइन नेपालदेखि कलाकार बोलाएर यस्ता कार्यक्रम प्रस्तुत गर्ने गरेको स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : ४८ बजे