२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

पाँच महिनायताकै उच्च संक्रमण, एकैदिन ४५७ जनामा कोरोना



पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण भएको हो । यो पछिल्लो ५ महिनायताकै उच्च संक्रमण हो ।

जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

थप एक जनाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउने ११ हजार ९५४ जना पुगेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ५ : ०९ बजे