१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

रवीन्द्र मिश्र काठमाडौं-१ बाट लड्ने



राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बनेका रवीन्द्र मिश्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं १ बाट लड्ने भएका छन् ।

काठमाडौंको थापागाउँमा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, महामन्त्री भुवन पाठकलगायत नेताहरूको उपस्थितिमा शुक्रबार मिश्रले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन भने उपस्थित थिएनन् । घोषणा सभामा पूर्वअध्यक्ष लोहनीसहित महामन्त्री पाठक, प्रवक्ता मोहन श्रेष्ठ लगायत नेताहरू उपस्थित थिए ।

राप्रपासँग एकता गरी वरिष्ठ उपाध्यक्षमा नियुक्त भएको एक साता नबित्दै नेता मिश्रले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि मिश्र सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए । तर त्यस क्रममा उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग ८ सय १८ मतान्तरले पराजित भएका थिए । नेता सिंह १० हजार ९३६ मत ल्याएर विजयी बनेका थिए भने मिश्रले १० हजार ११८ मत ल्याएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ६ : ५८ बजे