७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

विश्व शेर्पा दिवसको दिन शेर्पा भाषाको एप सार्वजनिक हुने ।


Ang

१६ आश्विन २०७९, आइतबार  

12
Shares

शेर्पा भाषा सिक्न चाहनेहरुको लागी शेर्पा भाषाको एप तयारी भएको छ । विश्व शेर्पा संघको पहलमा निर्माण गरेको एप्स आगामी अक्टुबर ८ तारिख विश्व शेर्पा दिवसको दिन सार्वजनिक हुने भएको छ । यो एपको माध्यामबाट अब विश्वभरि जहाबाट जो कसैले सजिलैसंग शेर्पा भाषा सिक्न सकिने भएको छ ।

‘ अबको नया पुस्ताले आफनो फोन, कम्प्युटर वा ल्यापटपबाट सजिलै शेर्पा भाषा सिक्न सकुन् भन्ने उद्देश्यले हामीले शेर्पा भाषाको एप निर्माण गरेको हो ‘ विश्व शेर्पा संघको अध्यक्ष आङ दोर्जि लामा शेर्पाले एभरेष्टटाइम्सलाई भने—’ गाउबाट शहर हुदै विदेशमा जन्मेर हुर्केका बालबच्चाहरुको साथै र शेर्पा भाषा सिक्न चाहने सबैको लागी निर्माण गरेको भाषा एप बौद्ध धर्म गुरु सेन्दा टुल्कुबाट सार्वजनिक गर्ने योजना बनाएका छौ’ ।

उनका अनुसार निर्माण भएको एपमा नेपाली, सम्भोटा, अंग्रेजीको माध्यामबाट शेर्पा भाषाको शब्दा, वाक्य र उच्चारण गर्नेतरिका सिक्न सकिने भएको छ । शेर्पा भाषा एप निर्माणका लागी विश्वका विभिन्न मुलुकमा रहेका शेर्पा संघसस्थाहरु र व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन । सन २०१७ मा काठमाडौमा विश्वभरिका शेर्पा संघसस्थाकोप्रतिनिधिहरुको उपस्थितिमा भएको पहिलो विश्व सम्मेलनले अक्टुबर ८ तारिखलाई विश्व शेर्पा दिवसको रुपमा मनाउने घोषणा गरेका हुन ।

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ३ : २४ बजे