४ असार २०८१, सोमबार | Mon Jun 17 2024

दीपक मनाङ्गे निर्विरोध निर्वाचित



सङ्घीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् ।

मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले बुधवार उम्मेदवारी फिर्ता लिएपछि मनाङ्गे निर्विरोध निर्वाचित भएको हो ।

मनाङ्गेलाई आजै निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । मनाङ्गे विसं. २०७४ मा पनि स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । गुरुङ हाल गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  २ : ०८ बजे