५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

इलामबाट निमा तेन्जिङ शेर्पाले दिए उम्मेद्धवरी


Ang

२८ आश्विन २०७९, शुक्रबार  

4
Shares

आगामी मंसिर ४ गते हुने निर्वाचनमा इलाम क्षेत्र नम्बर १ मा निमा तेन्जिङ शेर्पाले उम्मेद्धवरी दिएका छन । ३ दशक भन्द बढि समय निजामति सेवामा लागेका शेर्पाले स्वतन्त्रबाट उम्मेद्धवरी दिएका हुन । उनी नेकपा एकिकृत समाजवादी नेता झलनाथ खनालको विरुद्धमा उम्मेद्धवरी दिएका छन ।

मालपोत कार्यालय चावहिल काठमाण्डौमा अधिकृतको रुपमा कार्यरत शेर्पाले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्नु अघि सरकारी जागिर बाट राजिनामा दिएका थिए । गत असोज १० गते राजिनामा स्वीकृत गराएर असोज २३ गते शेर्पाले प्रतिनिधि सभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन ।

उनले चुनाव चिन्ह क्रस खुकुरी पाएका छन । ईलाम क्षेत्र नम्बर-१ मा सत्ता गठबन्धनका तर्फ बाट नेकपा एकिकृत समाजवादीका झलनाथ खनाल, नेकपा एमालेबाट महेश बस्नेत राजनीतिक दलका तर्फबाट उम्मेदवार छन् भने निमा तेन्जिङ शेर्पासहित अन्य ३ जना स्वतन्त्र उम्मेदवारहरु छन् । उनी हाल पशुपतिनगर सुर्योदय नगरपालिका २ हिली निसानीमा बसोबास गदै आइरहेका छन । ‘ इलाम जिल्लामा २०४७ सालदेखि अहिलेसम्म कुनै पनि नेताले आफनो क्षेत्रमा केही काम गर्न नसकेको देखेर अब आफै केही गरौ भनेर निर्वाचनमा होमिएको हो’ निमा तेन्जीले भने—’इलामको पर्यटन क्षेत्रको विकास, इलामको कृषकको आर्थिक विकास, शैक्षिक र स्वस्थ्य क्षेत्रको विकास गर्ने एजेन्डा बनाएको छु’ उनले भने—’ सधै केही गर्न नसक्ने एउटै नेताको पछि लागेर होइन अब केही गर्न सक्ने योग्य व्यक्तिलाई चुन्नका लागी इलामबासीलाई हार्दिक अनुरोध गर्दछु’ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : ५० बजे