४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

नर्थक्यारोलिनामा नयां वर्ष साझ सम्पन्न


Ang

१३ बैशाख २०८०, बुधबार  

132
Shares


एनआरएन नर्थक्यारोलिना च्याप्टरले नया वर्षको अवसर पारेर सागितिक कार्यक्रमको आयोजना गरियो । सामाजिक सेवाको भावनाले आयोजित कार्यक्रममा गायकद्धाय अभय ढुङगेल र दिपक दवाडीले सवैलाई भरपुर मनोरञ्जन दिलाएका थिए । एनआरएन नर्थक्यारोलिना च्याप्टरको सचिव जितमान बस्नेतद्धार सञ्चालित कार्यक्रममा अध्यक्ष बासुदेव भट्टले नया बर्षको शुभकामनासंगै कार्यक्रम सफल बनाउने सहयोगीहरु र उपस्थित सवैलाई धन्यवाद दिएका थिए ।

उक्त अवसरमा गायकद्धायलाई नर्थक्यारोलिना च्याप्टरले सम्मान गरेका थिए । कार्यक्रममा एनआरएन आइसिसिका महासचिव डा केशव पौडेलले सम्मान पत्र प्रदान गरेका थिए । उक्त अवसरमा नेपाली सेन्टर नर्थक्यारोलिनाका अध्यक्ष आरपि पौडेल लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेका थिए । आयोजित कार्यक्रममा खर्च कटाएर बचेको रकम सामाजिक कार्यमा हस्तन्तरण गर्ने योजना बनाएको सचिव बस्नेतले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : ५६ बजे